कक्षा ११ मा नयाँ पाठ्यक्रम

 कार्तिक १५, २०७७

तुलसीपुर ।
सरकारले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई अनुगमन गर्न समेत आग्रह गरेको छ । विद्यार्थीको मूल्याङ्कन (परीक्षा) समेत नयाँ पाठ्यक्रमका आधारमै हुने भएकाले विद्यालयले नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताउनुभयो ।

निजी विद्यालयले पुरानै पाठ्यक्रमका आधारमा शैक्षिक गतिविधि अघि बढाएपछि विद्यार्थी र अभिभावक अन्यौलमा परेकाले सरकारले निजी विद्यालयलाई फेरी दोस्रो पटक सचेत गराएको हो । आगामी वर्ष कक्षा १२ मा पनि नयाँ पाठ्यक्रम लागू हुने मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया