परीक्षा तोकेको प्रती नेविसंघको ध्यानाकर्षण

 कार्तिक १७, २०७७

तुलसीपुर ।

राप्ती बबई क्याम्पसले कक्षा ११ को बार्षिक परीक्षा तोकेसगैं नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ । कार्तिक २३ गतेबाट परीक्षा तोकेको भन्दै टाढाका बिद्यार्थी आउन समस्या भएकोले परीक्षा मिति सार्न संघले अनुरोध समेत गरेको छे । समय अनुसार परिक्षा सहज र सफल बनाउने हाम्रो पनि चाहना छ, तर विद्यार्थी सबै आ आफ्नो घरमा रहेको अवस्थामा परीक्षा तोक्दा बिद्यार्थी समस्या पर्ने ईकाई सभापती कैलाश चन्दद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

साथै परीक्षा सञ्चालनको सवालमा हामि सदैव तत्पर रहेको उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया