भारतमा कोरोना सङक्रमितको संख्या ८४ लाख नाघ्यो

 कार्तिक २२, २०७७

तुलसीपुर ।

भारतमा कोरोना सङक्रमितको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा सङ्क्रमण देखिएसँगै भारतमा सङ्क्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।

तपाईंको प्रतिक्रिया