खसीकप फूटबल प्रतियोगिता सुरु

 कार्तिक २३, २०७७

डिल्लीराज भुसाल, तुलसीपुर ।

फोकस युवा क्लब को आयोजनामा तुल्सिपुर ७ तमाखे मा फुटबल प्रतियोगिता सुरु भएको छ। क्लब का अध्यक्ष सुमन भण्डारीले खेलाडी लाई बल हस्तान्तरण गरि उद्घघाटन गर्नु भयो। उत्घाटन खेल सुर्योदय युवा क्लब गणेशपुर र कोपिला क्लब रछाचौर बिच भएको थियो। सोही खेल मा सुर्योदय युबा क्लब १-० ले बिजयि भयको छ। सुर्योदय युबा क्लब का अर्जुन नेपाली ले ५५ मिनेट मा निर्णएक गोल गरे । यसै बिच अर्को दोस्रो खेल मुनाल युवा क्लब तुल्सिपुर र बिहानी युवा क्लब तुल्सिपुर १५ भोजपुर बिच भयो । उक्त खेल मा बिहानी युबा क्लब २-१ ले बिजय भएको छ। मुनाल युबा क्लब का खेलाडी सन्दिप गिरि को आत्मघाती गोल बाट आग्रता लियेको बिहानी युबा क्लब ले आग्रता जोगाउन सकेन । मुनाल युबा क्लब का बिशाल ओलि ले १९ मिनेट मा क्लब को लागि गोल गरे । बिहानी युबा क्लब का बिपिन ओलि ले ४५ मिनेटमा क्लब को लागि गोल गर्दै २-१ ले बिजय भयो। यसै बिच आज को तेस्रो खेल रानिघाट युवा क्लब तुल्सिपुर ७ र बि यस युबा क्लब रानिजरुवा बिच भएको छ। उक्त खेल मा बि यस १-० गोल ले बिजय भयेको छ । बि यस क्लब का पवन बि ले दोस्रो हाफ को ५५ मिनेट मा हाने को गोल नै निर्नयेक बन्यो।

भोलि को खेल बिहान ८ बजे कचिला युवा क्लब र युथ अफ तुल्सिपुर बिच हुने आयोजक ले बतायेको छ। खेल मा प्रथम हुने क्लब लाई खसी र प्रमाणपत्र र दोस्रो लाई नगद ६००० र प्रमाणपत्र दिने आयोजक ले बताएको छ।

तपाईंको प्रतिक्रिया