राप्तीमा चार सहकारी संस्था एकीकृत हुदै

 कार्तिक २७, २०७७

तिर्थराज ज्ञवाली, कार्तिक ।
राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका छन् । राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारी लाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत हुन थालेका हुन ।

राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रहरुको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गर्न थालीएको महाप्रभु बचत तथा ऋण सहकारी संस्था का सचिव एवं जिल्ला सहकारी संघ दाङ का कोषाध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिनु भएको छ ।

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका हुन ।
राप्तीका सहकारीहरुको २०७३ साल देखिनै एकिकरण प्रक्रिया चलिरहेको थियो ।

तपाईंको प्रतिक्रिया