दाङका अवैध क्रसर हाेलान त बन्द ?

 कार्तिक २८, २०७७

तुलसीपुर ।

दाङमा रहेका क्रसर उद्योगको अनुगमन हुने भएको छ । जिल्लाका सरोकारवालाहरुको शुक्रवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको छ । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्यागको विवरण र मापदण्ड बारे अनुगमन गरिने जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीले बताए ।


गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सन्चालन भए/नभएको बारेमा अनुगमन गरी एक हप्ता भित्र पेश गर्न निर्देशन दिएको छ । भोली शनिवार राप्ती र गढवामा अनुगमन हुने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।
दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै गएको साउनमा ८६ वटा क्रसर उद्योगका विरुद्ध उच्च अदालत तुलसीपुरमा घोराही १३ निबासी प्रेम बुढाको रिट निवेदन परेको छ । जिल्लामा अबैध रुपमा चलेको क्रसर बन्द गर्नका लागि नागरिक स्तरमै दवाव रहेपनि खुलेयाम चलेेेका छन । जस्लेे गर्दा नदि जन्य बस्तुुकाेे चाेरि बढेकाेे बताईन्छ । यद्यपि सरकारले चालेेेेकाेे याेे कदमले केेेेहि अाशा जगाएकाेे छ ।

तपाईंको प्रतिक्रिया