८० हजार रुपैया सहित ५ जुवाडे पक्राउ

 कार्तिक ३०, २०७७


तुलसीपुर ।

नवलपरासी पूर्व देवचुली नगरपालीकाबाट नगद सहित जुवाडे पक्राउ परेका छा । नगरपालीकाको वडा नं. ११ कैलासचोक स्थित संजय कुवँरले संचालन गरेको पोल्ट्री फर्म भित्र जुवातास खेली रहेको अवस्थामा नगद ८० हजार ७ सय ४५ रुपैया सहित तास र फम म्याट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा देवचुली नपा वडा नं. ११ बस्ने दुर्गा बहादुर गुरुङका छोरा बर्ष ३७ को अमर बहादुर गुरूङ, वडा नं.१४ बस्ने श्याम सुन्दर श्रेष्ठका छोरा बर्ष ४४ को कृष्ण श्रेष्ठ, बुद्दि बहादुर श्रेष्ठका छोरा बर्ष ४४ को सुरेन्द्र श्रेष्ठ, वडा नं. १३ बस्ने शिब नारायण शर्माका छोरा वर्ष २७ को टेकराज शर्मा, वडा नं १४ बस्ने शशिधर पौडेलका छोरा बर्ष ३७ को ओम प्रसाद पौडेल रहेको प्रहरीले जनाएको छ ।

उनिहरुमाथि जुवा मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया