नेपाल बैंकको शाखा लमहीमा पनि

 कार्तिक ३०, २०७७

तुलसीपुर ।

लमहीमा नेपाल बैंक लिमिटेडको शाखा विस्तार भएको छ । आइतवार ८४ औं वर्ष प्रवेशको अवसरमा लमहीमा नेपाल बैंक लिमिटेड शाखाको नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले बैंकको विस्तारले लुम्बिनी प्रदेशको विकासमा सम्भावना रहेको बताएका थिए ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले बैंकलाई सबै वर्गलाई समेटेर अगाडि बढ्न आग्रह गर्दै सेवा सुविधा अत्यन्तै सहज रूपमा प्रदान गर्न अनुरोध गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख पासाङ दार्जे सेर्पाले तिहार लगत्तै सुनचाँदी कर्जा, राजश्व बुझ्ने, लगायतका अन्य थप सेवा बैंकबाट विस्तार गर्ने जानकारी दिएका थिए ।

नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले पेन्सन, सामाजिक सुरक्षा भत्ता लिन घोराही नेपाल बैंकमा लिन जानुपर्ने बाध्यता अन्त्य भएको बताएका थिए ।
नेपाल बैंक लिमिटेड लमही शाखा प्रमुख नोरबु लामाको सभापतित्व तथा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा सफल व्यवसायी नारायण डिसि छम्पाली, देउखुरी उद्योग बाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लिलाराम खनाल, लमही खानेपानी सरसफाइ तथा उपभोक्त समितिका सचिव सनमकुमार पौडेल लगायतले बोलेका थिए ।

नेपाल बैंक सिसहँनिया शाखाका प्रबन्धक प्रसन्न घितालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल बैंक लिमिटेड तुलसिपुरका प्रबन्धक विश्वराज अधिकारीले गरेका थिए । यस बैंकले भारतसँग जोडिएको दाङको कोइलाबास नाका र भालुवाङमा पनि यसको शाखा विस्तार गरि सेवा विस्तार गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया