सवारी दुर्घटनामा परि सञ्चारकर्मि मनिषाको मृत्यु

 मङि्सर ०१, २०७७

तुलसीपुर ।

सवारी दुर्घटनमा परि तुलसीपुरमा संचारकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ ।

तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकल लाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफ.एम.की प्राविधिक थिइन् ।

तपाईंको प्रतिक्रिया