कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १२ सय ३० पुग्यो

 मङि्सर ०१, २०७७

तुलसीपुर ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको नोबेल कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङक्रमणपछि मृत्यु हुनेको सङ्ख्या १२ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमाबितेको २४ घण्टामा थप १ हजार १ सय ९७कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख १० हजार ९ सय ७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ।नेपालमा हालसम्म १६ लाख १३ हजार ९ सय ११ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेका छन् भने हालसम्म कुल सङ्क्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय सङ्क्रमित छन्।

तपाईंको प्रतिक्रिया