नयाँगाउँ बासिकाे बर्षाै देखिकाे सपना पुरा हुदै

 मङि्सर ०३, २०७७


तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० नयाँगाउँमा डिपबाेरिङकाे शिलन्यास गरिएको छ । सङ्घिय साम्सद हिराचन्द्र केसीको पहलमा सिचाइ मन्त्रालयबाट बिनियाेजित २३ लाख बजेट बाट सिचाइ अायाेजना सुरु हुन लागेकाे हाे । उक्त अायाेजनाकाे बृहत दाङ उपत्यका सिचाइ अायाेजनाका प्रमुख राजु अाचार्यले शिलान्यास गरेका हुन ।

नयाँ गाउँ जल सिचाइ उपभोक्ता समितिका अध्यक्ष माघु चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रममा माननीय हिराचन्द्र केसीका स्वकीय सचिव सन्ताेष वली,नेकपाका नेताहरु हरिष केसी,तुलसा भण्डारी, गजु चाैधरि लगायतले बाेलेका थिए । कार्यक्रमकाे सहजिकरण उपभोक्ता समितिका सचिव विष्णु न्याैपानेले गरेका थिए । करिव १५ बर्ष पछि त्यहाका जनताकाे सपना पूरा हुने भएपछि स्थानीयमा उत्साह थपेकाे छ ।

खेत बारिमा सिचाइबाट बञ्चित स्थानियले अब भने ढुक्क सङ्ग खेती गर्न सकिने भएकोमा माननीय लाई धन्यवाद समेत दिएका थिए । सिचाइ याेजनाबाट ६० विगाह जमिन सिञ्चित हुने छ ।

तपाईंको प्रतिक्रिया