नेकपाको किचलोले नेता कार्यकर्ता निराश

 मङि्सर ०५, २०७७


तुलसीपुर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा पार्टीका नेता कार्यकर्तामा निराशा छाएको छ । शिर्ष नेतृत्व नै आरोप प्रत्यारोप र आपसी विवादमा अल्झिएपछि कार्यकर्तामा निराशा बढेको हो । पार्टी नेतृत्वको जिम्मेवारी पाएका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविच देखिएको विवाद लामो समयदेखि समाधानतर्फ अघि बढिरहेको छैन । दुवै अध्यक्ष लिखित रुपमै आरोप प्रत्यारोपमा लागेका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय, समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको टिप्पणी गर्नुभएको छ । पार्टीको मूल नेतृत्वको रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको उहाँले बताउनुभएको हो । पार्टीको आन्तरिक समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा लैजनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पौडेलको टिप्पणी छ ।

बुधबारको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिवेदन तयार पार्न १० दिनको समय मागेपछि कतिपय नेताहरुले पार्टिभित्रको समस्या, समाधानको बाटोतिर गएको टिप्पणी गर्न थालेका छन् । तर राजनीतिक विश्लेषकहरुले भने नेकपा भित्रको विवाद त्यति सजिलै समाधान हुनेमा शंका व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया