घुस सहित यसरी पक्राउ परे मालपोतका दुई कर्मचारी

 मङि्सर ०५, २०७७

तुलसीपुर ।
मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको अख्यियारको टोलीले कार्यालयको तामेली फाँटमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रवार दिउँसो कार्यालयबाटै सेवाग्राही संग घुस रकम लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले जग्गा नापजाँच गरी पुर्जा बनाईदिने भन्दै सेवा ग्राही संग घुस रकम मागेको भन्ने गोप्य सुचनाको आधारमा गएको अख्तियारको टोलीले ३ लाख २० हजार नगद सहित रंगेहात पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । उनीहरुले यस अघि सेवाग्राहीबाट ८० हजार रुपैया लिईसकेको बताईएको छ ।

२०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी कायम भएको तर छोराको नापी कायम नभएको हुदा जग्गाको नापी कायम गर्नका लागी उक्त रकम सेवा ग्राही संग उनीहरुले माग गरेको बताईएको छ । पक्राउ परेकाहरुमाथी आबश्यक अनुसन्धानको प्रक्रिया अघि बढेको अख्तियारको कार्यालय नेपालगन्जले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई नेपालगन्ज लगीएको छ ।

तपाईंको प्रतिक्रिया