कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

 मङि्सर ०५, २०७७

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

तपाईंको प्रतिक्रिया