दाङमा कोरोना संक्रमित ३ सय ९८

 मङि्सर ०६, २०७७


तुलसीपुर ।

दाङमा हालसम्म २ हजार ८ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला श्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मंसीर ५ गते सम्मको विवरणमा जिल्लामा स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएका मध्ये २ हजार ३ सय ९२ जना डिस्चार्ज भएका छन ।

यस्तैगरी जिल्लाका २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अझै ३ सय ९८ सक्रिय संक्रमति रहेका छन । संक्रमित ३ सय १८ जना होम र ८० जना संस्थागत आईसोलेसनमा रहेका छन ।

तपाईंको प्रतिक्रिया