यस्ता विवादमा फसेकी थिइन् दीपिका

 मङि्सर ०६, २०७७

बलिउड अभिनेत्रीहरुका लागूपदार्थसँगको सम्बन्धको विषयमा खुलासा हुन थालेको छ । एनसीबीले लागूपदार्थको विषयमा रिया चक्रवर्तीलाई पक्राउ गरेर सोधपुछ गरेको छ । यससँगै रियाले बलिउडका २५ सेलिब्रेटीहरुलाई समेत यस काण्डमा मुछेकी छिन् । यसमा सारा अली खान, रकुल प्रीत सिंह, सिमोन खंबाटाका साथै दीपिका पादुकोणको नाम पनि तानिएको छ । दीपिका पादुकोण यो मात्र होइन यसअघि पनि विभिन्न विवादमा फसिसकेकी छिन् । 

सुशान्त सिंह राजपूतकी म्यानेजर जया साहाको एक च्याटमा ‘डी’ र ‘के’ नाम उल्लेख भएको छ । एनसीबी सुत्रका अनुसार ‘डी’ को मतलब दीपिका पादुकोण र ‘के’ को मतलब करिश्मा हो । दीपिकाले उक्त च्याटमा जयासँग ‘ह्याश’ (उच्च कोटीको लागूपदार्थ) मगाएकी छिन् ।  यसअघि पनि ‘छपाक’ फिल्म रिलीज भएको समयमा उनी जवाहर लाल नेहरु विश्वविद्यालयमा आन्दोलनरत छात्राहरुसँग देखिइन् । जुन कुरालाई फिल्म प्रमोशनसँग जोडियो । विरोध गरिरहेका छात्राहरुसँग एकसाथ देखिएकी दीपिकालाई बीजेपीका नेता तजेन्द्रपाल बग्गासहित थुप्रै संगठनले दीपिकाको विरोध गर्दै उनको फिल्म बहिस्कारको आन्दोलन नै चलाए । 

यस्तै, सन् २०१७ मा रिलीज भएको फिल्म ‘पद्मावत’ को रिलीज हुनुभन्दा अगाडि देशमा फिल्मविरुद्ध धेरै विरोध प्रदर्शन भयो । करणी सेनाले फिल्मको नामले इतिहासलाई तोडमोड गरेको भन्दै विरोध गरेको थियो । गुजरातमा कांग्रेसका सहयोगी हार्दिक पटेल र अल्पेश ठाकोरले फिल्मको खुलेर विरोध गरे । केही सिनेमाघर समेत तोडफोड गरियो । 

तपाईंको प्रतिक्रिया