पार्टी एकताको पक्षमा: उपाध्यक्ष गौतम

 मङि्सर ०६, २०७७

तुलसीपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन । तुलसीपुर उपमहानगरपालिकाले आज विहान आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको हुदा समस्या समाधान गर्न आफू लागिरहेको उल्लेख गरेका थिए । आफू गुटबन्दीको पक्षमा नरहको उनको दावि थियो ।

कार्यक्रममा नेकपा दाङका अध्यक्ष टीकाराम, उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जनताको चाहना पार्टी एकता नै भएको बताएका थिए ।कार्यक्रमको सहजीकरण नगर प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया