पश्चिम दाङका विभिन्न स्थानमा सचेतनामुलक बोर्ड

 मङि्सर ०६, २०७७

तुलसीपुर ।
विकृती विसंगतीको अन्त्य गर्दै सभ्य समाजको निर्माणको लागी पश्चिम दाङको दंगीशरण गाउँपालिकाको विभिन्न वडामा सचेतनामुलक बोर्ड राखीएको छ । बाल विवाह, लागू औषध,जातीय छुवाछूतको अन्त्य गर्न र ट्राफिक नियमबारे सचेतनामुलक नारा लेखिएका बोर्डहरु राखिएको गाउँपालिका स्तरीय युवा क्लब संजालका अध्यक्ष सिएम विश्वकर्माले जानकारी दिएका छन ।

संजालको आयोजना तथा वडा नम्बर १,२,५, ६ र ७ नम्बर वडा कार्यालयको सहयोगमा सचेतनामुलक बोर्ड राखिएको हो । सो अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष भागीराम चौधरीले सभ्य समाज निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण रहने बताएका थिए ।

तपाईंको प्रतिक्रिया