तुलसीपुर मेट्रो कलेजको प्रमुखमा आचार्य

 मङि्सर ०७, २०७७


तुलसीपुर, ७ मंसीर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज प्रमुखमा वसन्त आचार्य नियुक्त भएका छन् । कलेज सञ्चालक समितिले बैठकले आचार्यलाई आगामी ५ वर्षसम्मका लागि प्रमुखमा नियुक्त गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

कलेज सञ्चालक समितिले कलेज प्रमुख सिफारिस समिति वनाएको र सोही समितिले सिफारिस गरे अनुसार आचार्यलाई नियुक्त गरिएको उनले वताए । उपमहानगरपालिका कार्यपालिका वैठकले गतसाल नै मेट्रो कलजे सञ्चालन ऐन पारित गरेको थियो । ऐनका आधारमा वनेको कार्यविधि अनुसार आचार्यलाई नियुक्त गरिएको हो ।

कलेजमा यसैवर्षबाट ५ वटा प्राविधिक विषय अध्यापन भइरहेको छ भने स्नातक तहमा कानुन विषयको अध्यापन तयारी भइरहेको छ । कलेज प्रमुखमा नियुक्त भएका आचार्य डेढ दशकदेखि पत्रकारिता,शिक्षण र साहित्यका निरन्तर क्रियाशिल रहदै आएका छन् । आमसञ्चार तथा पत्रकारिता र नेपाली विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेको आचार्यले तुलसीपुरको ज्ञानदीप कलेजमा शिक्षण र व्यवस्थापन जिम्मेवारी सम्हाल्दै आएका थिए । कलेज प्रमुख नियुक्त भएसँगै उनले यस क्षेत्रकै नमुना कलेजका रुपमा विकास गरेर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया