ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने

 मङि्सर ०९, २०७७

काठमाण्डाै ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्नुहुने भएको छ । उहाँले त्यसका लागि जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताउनुभएको छ । जीएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएको छ । जीएसएले बाइडेन समूहलाई प्रक्रिया सुरु गर्ने भनेर जानकारी दिएपछि ट्रम्पले ट्वीट गर्नुभएको छ ।

कार्यभार हस्तान्त्ररणका लागि औपचारिक रुपमा सुरु गर्ने ट्रम्पले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया समेत दिनुभएको छ ।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकपछि सत्ता हस्तान्तरण सुरु हुने बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया