देश विकासमा युवाको भुमिका महत्वपुर्ण: महर

 मङि्सर १०, २०७७

तुलसीपुर ।

नेपाल विद्यार्थी सघंका पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले देशको समृद्धिको लागी युवाशक्तीको आवस्यकता रहेको बताएका छन । नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस इकाई समितिले आयोजनामा भएको परीचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । युवाशक्तिहरु विदेसिने अवस्थाको अन्त्य गरि देश विकासमा युवाको भुमिका हुनुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस इकाई समितिका सभापती कैलाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले नेविसंघका गतिबिधि लाई चलायमान बनाउन आवस्यक रहेकोमा जोड दिएका थिए । सो अवसरमा क्याम्पस प्रमुख युवराज रावत, नेपाल तरुण दल दाङका सचिव धुर्व आचार्य,नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का पार्टी सभापती बलिराम केसी,नेविसघं दाङका जिल्ला सह–सचिव जितेन्द्र प्रकाश वलि,नेपाल दलित विद्यार्थी सघ दाङका अध्यक्ष कलसिङ विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।

राप्ती बबई क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष रेशम खरालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रोहित देवकोटाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया