भारतमा ४४ हजार ३ सय ७६ नयाँ सङ्क्रमित थपिए

 मङि्सर १०, २०७७

तुलसीपुर ।

भारतमा कोरोना सङ्क्रमणका कारण थप ४ सय ८९ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ४ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृत्यु हुने संख्या एक लाख ३४ हजार ७ सय ४३ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप ४४ हजार ३ सय ७६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ९२ लाख २२ हजार २ सय १७ पुगेको छ ।

यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ८६ लाख ४२ हजार ७ सय ७१ जना स्वस्थ भएका छन् ।

तपाईंको प्रतिक्रिया