वडा कार्यालय सार्ने निर्णयको विरोध

 मङि्सर ११, २०७७


हिमाल विसी,हापुरे ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को कार्यालय सार्ने निर्णय भए संगै वडावासिहरु विरोधमा उत्रिएका छन । वडा कार्यलय चिराघाटबाट पातेटाकुरा सार्ने निर्णय भएको छ । वडाले यस्तो निर्णय गरेपछि स्थानीय नागरिक त्यसको विरोध जनाएका छन । गत मंगलबार वडा कार्यालय सार्ने निर्णय वडाले गरे पछि स्थानीयले जनताको भावना बिपरित र अपाएक पर्ने ठाउँमा वडा कार्यालय सार्न लागेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

विरोध स्वरुप आज वडाध्यक्ष बुद्धिराम तिवारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य राधिका परीयार र संघर्ष समितिका संयोजक तेजराम पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । उनीहरुले सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने बताएका छन । यदि माग सुनुवाई नभए कडा कदम चाल्ने उनीहरुको भनाई छ ।
ज्ञापन पत्र बुझाउने क्रममा फोटो खिच्दा संघर्ष समितिका सदस्य मीनराज ओलीको मोबाइल खोसेर प्रहरीले एक घन्टा नियन्त्रणमा समेत लिएको छ ।
चिराघाट प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीबाट भएो यो ब्यवहार प्रति आपक्ति प्रकट गरेका छन ।

तपाईंको प्रतिक्रिया