पहिलो ओडिआईमा भारत पराजित

 मङि्सर १२, २०७७

एजेन्सी – अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेल खेलको सिरिजमा १–० को अग्रता लिएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा जितको लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर धवन र अलराउन्डर हार्दिक पान्ड्या बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । पान्ड्याले तल्लोक्रममा ७६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिएपनि जितका लागि पर्याप्त भने थिएन ।

त्यसअघि सिड्नी क्रिकेट मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सानदार शतक प्रहार गर्दा डेभिड वार्नर र ग्लेन म्याक्सवेलले पनि राम्रो ब्याटिङ गरे ।

तपाईंको प्रतिक्रिया