क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

 मङि्सर १३, २०७७

 काठमाण्डाै – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो ।

लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन् ‘कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ ।  चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने छु ।’

उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् । 

तपाईंको प्रतिक्रिया