तुलसीपुरमा भएको सवारी दुर्घटनामा परि किरणको मृत्यु

 मङि्सर १३, २०७७

तुलसीपुर ।

तुलसीपुरमा बस र मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकललाई पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सल्यानको सारदा नगरपालिका–९ मार्के निबासी २१ बर्षका लक्ष्मण बोहरा घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया