प्रलेसले पुरस्कृत तथा सम्मानित गर्ने

 मङि्सर १३, २०७७

दाङ ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आफ्नो २८औं स्थापना दिवसमा दिन पाँच जना लेखक साहित्यकारहरुलाई पुरस्कृत गर्ने भएको छ भने एक जना बरिष्ठ लेखकलाई सम्मानित गर्ने भएको छ । लेखक संघ नेपाल दाङ शाखाले गठन गरेको प्रतिभा छनौट समितिको शनिबार बसेको बैठकले पुरस्कृत प्रतिभाहरुको छनौट गरेको हो ।

शाखा अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक र सदस्यहरु पुरुषोत्तम खनाल र शरद अधिकारीको बैठकले यस बर्षको प्रगतिशील साहित्य पुरस्कार गायक तथा साहित्यकार नारायण योगीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार तथा राजनीतिकर्मी निर्मल आचार्य (सौगात)लाई, अनन्त टीका प्रतिभा पुरस्कार पत्रकार तथा साहित्यकार सविन प्रियासनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

तीनवटै पुरस्कार १० हजार रासीका रहेका छन् । यसैगरी गोविन्द चिस सर्जक पुरस्कार पत्रकार तथा साहित्यकार सन्तोष दहितलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार पत्रकार तथा साहित्यकार रीता लामालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रगतिशील लेखक संघमा स्थापना गरिएका पाँचवटा पुरस्कार मध्य प्रलेस पुरस्कार प्रगतिशिल लेखक संघ नेपाल दाङ शाखाको आफ्नै पुरस्कार हो ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले यस बर्ष बरिष्ठ साहित्यकार देवमणि देवकोटालाई सम्मान गर्ने भएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आगामी पुस३ गतेका दिन आयोजना गर्ने स्थापना दिवसमा पुरस्कार वितरण गर्ने र सम्मान गर्ने कार्यक्रम रहेको शाखा अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया