जनतालाई श्वास्थ्यको पहुचमा पुर्याउदै सरकार

 मङि्सर १३, २०७७

तुलसीपुर ।

सरकारले जनतालाई श्वास्थ्यको पहुचमा पुर्याउन हरेक स्थानिय तहमा अस्पताल निर्माणको अवधारणा अघि सारेको छ । सोही अनुरुप घोराही उपमहानगरपालिका ४ तल्लो भकारलेमा लक्ष्मीपुर आधारभूत अस्पतालको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गर्नुभएको छ । संघ सरकारको एक स्थानिय तह एक आधारभूत अस्पताल निर्माणको थालनि अन्तरगत घोराही उपमहानगरमा आज १५ बेडको अस्पताल भवन शिलन्यास गरिएको हो ।

मुख्यमन्त्री पोख्रेलले अस्पताल निर्माणका लागि थप एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन । संघ सरकारले अहिले ७० लाख बजेट बिनियोजन गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपाका वडा अध्यक्ष मुनाल घिमिरेले लगायतले बोलेका थिए ।

वडा अध्यक्ष भीमबहादुर सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया