कोरोना अस्पतालमा दुई दिनमा २ जनाको मृत्यु

 मङि्सर १४, २०७७

तुलसीपुर ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार घोराही १० का ६९ बर्षिया एक महिलाका आज दिउँसो साढे एक बजे निधन भएको छ ।

कोरोना संक्रमित ती महिला यहि मंसीर ४ गते देखी अस्पतालको आईसियुमा उपचाररत थिईन । उनीमा दम र निमोनियाको समस्या रहेको थियो । यस अघि शनिवार घोराही उपमहानगरपालिका १३ निबासी ६६ बर्षका पुरुषको पनि सोहि अस्पतालमा निधन भएको थियो । कोरोना विशेष अस्पतालमा हाल सम्म भर्ना भई निधन हुनेको संख्या चार पुगेको छ ।

तपाईंको प्रतिक्रिया