बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

 मङि्सर १४, २०७७

वीरगञ्ज ।

पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको अरोप लागेको छ । खेलिरहेकी बालिकालाई नरिवल दिने प्रलोभन देखाई करणी गरेको बालिकाका आफन्तले बताएका छन् ।

अमरपट्टीका उमेशलाई ६ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेको छ । मंसिर ३ गते नै घटना भएको थियो । उमेशले फकाएर बालिकाको यौनाङ्गमा औंला पसाएको आरोप आफन्तले लगाएका छन् । आरोपी दुवैमाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बर्तौलाले बताए । दुवै बालिकाको स्वास्थ्य परीक्षण भइसकेको भएपनि रिपोर्ट भने आइसकेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउन यता पर्सामा जबरजस्ती करणी १५ वटा, जबरजस्ती करणी उद्योगका ३ वटा र यौन दुर्व्यवहारको ४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईंको प्रतिक्रिया