कोइलाबासका स्थानीयको पिडा बुझ्दै सांसद चौधरी

 मङि्सर १५, २०७७

देउखुरी ।
कोइलाबास नाका बन्दले जीवन थप कष्टकर बनेपछि प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मेटमणी चौधरीले स्थानियहरुको समस्या बुझ्न भारतसंग जोडिएको कोइलाबास नाका पुग्नु भएको छ । लामो समय सम्म नाका बन्दले स्थानियहरुको जिवनयापनमा थप कठिनाइ भएपछि शनिबार भारतसंग जोडिएको दाङको कोइलाबास नाकाका पुगेर स्थानियहरुसंगको छलफल पछि स्थलगत अवलोकन तथा निरिक्षण गर्नु भएको हो ।

कोराना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले चैत एघार देखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको हो । (कोभिड १९) का कारण लगातार आठ महिना लामो सम्म बन्द रहेको भारतसँग जोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन सदस्य चौधरी समक्षमाग स्थानियहरुले माग गरेका हुन् ।

कोइलाबास नाका लामो समयसम्म पूर्णरुपमा शिल हुदा खबरी, मुसि, लगायतका अन्य नाकाहरुका स्थानियहरुको जन जिवनमा नकारात्मक असर पुगेको छ । कोइलाबास भन्सार सुचारु गर्न र नाकालार्य थप व्यवस्थित बनाउन उद्योगमन्त्रीसंग समन्वय मंसिर महिना अन्तिम सम्म कोइलाबास नाका खुलाउन पहल गर्ने उनले बताएका छन ।

तपाईंको प्रतिक्रिया