पश्चिम बागरमा १५ सैयाको अस्पताल शिलान्यास

 मङि्सर १५, २०७७

तुलसीपुर ।

पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरमा १५ सैयाको अस्पतालको सिलान्यास गरिएको छ । उक्त अस्पतालको दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले सिलन्यास गरेका हुन । त्यस अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य केसीले जनताका आधारभुत आवस्यकता पुरा गर्ने दायित्व सरकारले पुरा गर्न लागेको बताएका थिए । उनले श्वास्थ्य प्रति सरकार गम्भीर रहेको हुदा देशभर अस्पताल निर्माणको अवधारणा सरकारले अघि सारेको बताएका थिए ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रदेश कमिटी सदस्य रामजि मिलन चौधरि , प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङका सचिवालय सदस्य पदम केसि, नेकपा दाङका सदस्य अमित शर्मा , गाँउपालीकाका प्रबक्ता विर बहादुर वली, वडा नम्बर ४ का वडा अध्यक्ष नेव बहादुर कवँर, ५ नम्बर वडा अध्यक्ष दिपक गौतम, ६ नम्बर वडा अध्यक्ष टंक बहादुर वली, हेकुली स्वास्थ्य चौकि प्रमुख टेक बहादुर खत्री लगाएत स्थानीयको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया