प्रादेशिक अस्पतालको मेसुमा डा.सिंह

 मङि्सर १५, २०७७

तुलसीपुर ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमख तथा मेडिकल सुपरिटेन्डेन्ट​मा डा. विनोद सिंह नियुक्त भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट​ डा. सर्वेश शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय मुकाम बुटवलले रिक्त रहेको पदमा डा. सिंहलाई नियुक्त गरेको हो ।

डा. शर्माले गएको बिहीबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । डा. प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंह यस अघि अस्पतालको निमित्त मेसु भएर जिम्मेवारी कामगरि सकेका छन् । स्त्री रोगका क्षेत्रमा डा. सिंहको नाम परिचित छ ।

तपाईंको प्रतिक्रिया