तुलसीपुरका एक संक्रमितको निधन,सक्रिय संक्रमित १२८ जना

 मङि्सर १६, २०७७

तुलसीपुर ।

तुलसीपुरका एक कोरोना संक्रमितको निधन भएको छ । तुलसीपुरमा ५ का ६० बर्षिय पुरुषको वुटवलमा उपचारको क्रममा आज विहान निधन भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यो संगै तुलसीपुरमा कोरोना संक्रमित भई मृत्यु हुने संख्या १३ पुगेको छ ।
आज थप तुलसीपुर ७ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएसगैं संक्रमित संख्या ७४५ पुगेको छ भने सकृय संक्रमितको संख्या १२७ रहेको छ ।

हाल ८ जना कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचारार्थ छन भने १ जना नेपालगन्ज मेडिकल कलेजमा र ११८ जना सेल्फ होम आईसोलेसनमा रहेका छन ।

तपाईंको प्रतिक्रिया