रासस दाङ प्रमुख रजाैरेलाई पति शाेक

 मङि्सर १७, २०७७

तुलसीपुर ।

राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेलाई पति शाेक परेकाे छ । लामाे समयदेखि मिर्गाैला क्यान्सरबाट पीडित रजाैरेका श्रीमान तुलसीपुर उपमहानगरपालिका,६ निवासी हरिप्रसाद अधिकारीकाे मंगलवार बेलुका ५१ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

क्यान्सर पीडित अधिकारीकाे उपचारका लागि काठमाडाैं, भारतकाे लखनउमा समेत लगिएकाे थियाे । उनको दाहसंस्कार बुधवार विहान ११ बजे शितलपुरको बबईघाटमा गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया