‘रोजगारमुखि शिक्षाको आवस्यकता’

 मङि्सर १८, २०७७

तुलसीपुर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अबको शिक्षा उत्पादनमुलक हुनुपर्ने बताउनुभएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडामा रहेको शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयमा नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री ज्वालाले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन । उहाँले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निरन्तरको प्रयास बाट मात्रै जिल्लामा शिक्षालय स्थापना भएको बताएका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अहिलेको आबश्यकता ब्यवहारिक र ब्यबसायिक शिक्षा भएको बताएका छन ।

शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षालयका शिक्षक इन्द्र कुमार शर्माले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया