टी-२०सिरिज: भारत-अष्ट्रेलियाको पहिलो म्याच आज

 मङि्सर १९, २०७७

काठमाडौं ।

अष्ट्रेलिया र भारत टी-२० सिरिजको पहिलो म्याच आज खेल्दै छन् । यी दुई टिमबीचको पहिलो टी-२० नेपाली समयअनुसार दिउँसो १ः५५ बजेदेखि क्यानबेरामा सुरु हुनेछ । दुवै टिम तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलकै टी-२० श्रृंखला पनि खेल्न लागेका हुन् ।

वानडे सिरिज घरेलु टोली अष्ट्रेलियाले २-१ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम खेलमा भने भारतविरुद्ध अष्ट्रेलिया १३ रनले पराजित भएको थियो । दुवै टिम राम्रो लयमा देखिएका छन् । वानडे सिरिजमा दुवै टिमले राम्रो रन बनाएका थिए । भारतले लामो समयपछि अन्तर्राष्ट्रिय टी-२० खेलिरहेको छ ।

उसले कोरोना महामारीका कारण २०२० को जनवरीयता टी-२० सिरिज खेलेको छैन । अष्ट्रेलियाले भने सेप्टेम्बरमा इंग्ल्याण्डसँग टी-२० सिरिज खेलेको थियो ।

तपाईंको प्रतिक्रिया