जिल्ला स्तरीय कबड्डि प्रतियोगिता हुने

 मङि्सर २३, २०७७

लक्ष्मण बस्नेत , तुलसीपुर ।
दाङको तुलसीपुरमा जिल्ला स्तरीय कबड्डि प्रतियोगिता ०७७ हुने भएको छ । दाङ जिल्ला कबड्डी संघ को आयोजनामा संचालन हुन लागेको प्रतियोगिता यहि मङ्सिर २५ गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला का ७ टिम को सहभागिता रहेको आयोजक दाङ जिल्ला कबड्डी संघ का अध्यक्ष रोशन ओलिले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ । प्रतियोगिता को बिजेता टिमले नगद १२ हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद ८ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद ४ हजार, प्रमाणपत्र हात पार्नेछ ।

यसैविच प्रतियोगिताको तयारी अन्तिम चरण मा पुगेको सुजन थापाले जानकारी दिनु भएको छ ।

तपाईंको प्रतिक्रिया