रेडियो राप्ती १४औँ बर्षमा प्रबेश

 मङि्सर २६, २०७७

सल्यान , मंसिर ।

सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले आज आफ्नो १३औँ बार्षिकोत्सव मनाउने तयारी गरेको छ । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. ले आफ्नो प्रशारण शुरु गरेको १३ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रवेश गरेको अबशरमा बार्षिकोत्सव मनाउन लागेको हो ।

२०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् ।

नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिनुभयो । उहाँले कोरोनाबाट बच्न आबश्यक सर्तकता अपनाउदैैँ सिमित संख्यामा अन्र्तक्रिया कार्यक्रम गरेर बार्षिकोत्सव मनाउने जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया