अमिलियामा अनौठो ढुंगा भेटिएपछि हेर्नेको घुईचो

 मङि्सर २९, २०७७

दाङ ।
दाङ अमिलिया राप्ती नदिको किनारमा अनौठो ढुंगा फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित गौताल राप्ती नदीको किनारमा अनौठो प्रकारको ढुङ्गा भेटिएको हो । झन्डै डेढ मिटर लम्बाई रहेको उक्त ढुङ्गामा नाग, भगवान गणेश, त्रिशूल, शंख लगायतको आकृती देखिन्छ । स्थानीय दामोदर खड्काले गोठालो गएको समयमा उक्त ढुङ्गा देखेपछी गाउँ पुगेर सबै स्थानीयलाई खबर गरेका थिए ।

त्यस पछि यो घटना बाहिर आएको स्थानिय बताउछन । डेढ मिटर लाम्चो आकारको ढुङ्गामा धेरै प्रकारका आकृती देखिए पछि अहिले त्यस स्थानमा हेर्न जानकोे र पुजापाठ गर्ने मानिसको घुइँचो लाग्ने गरेको छ । तिब्बतीहरु आएर केही समय बसेका कारण तिब्बती भाषामा केही लेखिएको हुन सक्ने स्थानियको भनाई छ ।

ढुङ्गामा देखिएका विभिन्न आकृतीहरु के हुन भनेर पहिचान गर्नका लागि पुरातत्व बिभागसंग समन्वय गरिने लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले बताएका छन ।

तपाईंको प्रतिक्रिया