जेके कप फुटबल प्रतियोगिता सुरु हुदै

 पुष ०४, २०७७

लक्ष्मण बस्नेत, तुलसीपुर ।
तुलसीपुरको हरिपौरामा जिल्ला स्तरीय जेके कप फुटबल प्रतियोगिता २०७७ हुदैछ । बबई युथ क्लब तुलसिपुर १२ कचिलाको आयोजना तथा अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगर (जेके )को नाम मा संचालन गरिन लागेको प्रतियोगिता भोलि आइतबार देखि सुरु हुुनेछ । स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला का झण्डै १० टिम को सहभागिता रहने प्रतियोगिता का संयोजक ओम प्रकाश चौधरीले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै पशुपति माबी हरिपौरा खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ । प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिम ले मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पुरस्कृत गरिनेछ ।

तपाईंको प्रतिक्रिया