जेके कप फुटबलको फाईनलमा बिहानि र बबई भिड्ने

 पुष ०९, २०७७

लक्ष्मण बस्नेत , तुलसीपुर ।
बिहानी युवा क्लब तुलसिपुर १५ र आयोजक बबई युथ क्लब तुलसिपुर १२ कचिला जेके कप खुला फुटबलको फाईनलमा भिड्ने भएका छ्न् । पशुपति माबी तुलसीपुर १२ हरिपौराको खेलमैदानमा संचालित प्रतियोगिता को पहिलो सेमिफाइनलमा सक्सेस फुटबल क्लब तुलसिपुर लाई सर्ट एण्ड डेथमा ५ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै बिहानी युवा क्लब तुलसिपुर १५ ले फाईनल यात्रा तय गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

त्यस्तै बेलुवा युथ क्लब लाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै आयोजक बबई युथ क्लबले बिहानी युवा क्लब संग को फाईनल भिड्न्त पक्का गरेको हो । उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको दोस्रो हाफ्को १७ औ मिनेटमा पाएको पेनाल्टी भरपुर सदुपयोग गर्दै गरेको गोल नै बबई युथका लागि निर्णायक गोल बन्यो ।
बबई युथ क्लब तुलसिपुर १२ कचिला को आयोजनामा जारी प्रतियोगिता को फाईनल खेल शुक्रबार मध्याह्न १२ बजे हुने प्रतियोगिता का संयोजक ओम प्रकाश चौधरी ले जानकारी दिएका छ्न ।

स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता ले मेडल, प्रमाणपत्र हात पार्नेछ । तियोगिता मा १३ टिमको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया