बबईले चुम्यो जेके कप फुटबलको उपाधी

 पुष १०, २०७७

लक्ष्मण बस्नेत , तुलसीपुर ।
जेके कप दाङ जिल्ला स्तरिय खुला फुटबल प्रतियोगिता को उपाधी आयोजक बबई युथ क्लब तुलसिपुर १२ कचिलाले चुमेको छ । बबई युथ क्लब तुलसिपुर १२ कचिला को आयोजना पशुपति माबी हरिपौरा खेल मैदानमा संचालित प्रतियोगिता को शुक्रबार सम्पन्न फाईनल खेलमा बिहानी युवा क्लब तुपसिपुर १५ लाई शून्य का विरुद्ध १ गोलको अन्तरले पाखा लगाउदै बबई युथ क्लब ले उपाधी चुमेको हो ।

उल्लेख्य दर्शकको उपस्थित मा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको दोस्रो हाफ्को ३९ औ मिनेट मा बबई युथका स्वप्निल संसार कुमाईले गरेको गोल नै निर्णायक गोल बन्यो ।
उसले उपाधी संगै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो। त्यस्तै फानलमा पराजित बिहानी युवा क्लब ले उपविजेतामा चित्त बुझाउदै मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री देव नारायण दाहाल, खुम बहादुर ओलि,सुरेन्द्र चौधरी र बिनोद बिक रहनु भएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष अमित चौधरीको अध्यक्षता तथा प्रजातान्त्रिक उधोग ब्यबसायि संघ तुलसिपुरका अध्यक्ष जनक प्रसाद खरालको प्रमुख आतिथ्य एवं एन्फा दाङ जिल्ला प्रशिक्षक मन्जित बाठाको बिशिस्ट आतिथ् मा भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी खरालले खेलकुद को बिकास निस्तारका लागि ग्रामीण स्तर बाटै लाग्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रम अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगरले ग्रामीण स्तर बाट फुटबल खेल को बिकास गर्ने उदेश्य ले आफ्नो नाममा जेके कप फुटबल को स्थापना गरिएको बताउनु भयो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया