विश्वकप जित्नु ड्रिम

 पुष १६, २०७७

काठमाडौं ।

पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा राखेका छन् । र, विश्वकप जित्नु उनको ड्रिम रहेको छ ।

पाँच पटकको बालोन डे ओर विजेता रोनाल्डो यस सिजन सिरी ए मा सर्वाधिक गोलकर्ताको रुपमा छन् । यद्यपि साविक विजेता युभेन्ट्स भने शीर्ष स्थानको एसी मिलानभन्दा १० अंकलेपछि रहँदै छैटौं स्थानमा छ ।

३५ वर्षीय रोनाल्डोलाई अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी १०९ गोल गरेका इरानका अली दाईको कीर्तिमान बराबरी गर्न ७ गोल आवश्यक छ ।

‘उमेरले कुनै असर गर्दैन । महत्वपूर्ण भनेको मन हो,’ रोनाल्डोले भने , ‘यदि क्रिस्टियानो रोनाल्डले राम्रो छ भने त्यसले असर गर्दैन । तपाईंलाई थाहा छैन भोलि के हुनेछ । म वर्तमान अवस्थामा बाँच्छु ।’

‘यो क्षण राम्रो छ । म खुसी छु । मेरो जीवनमा मैले राम्रो अनुभव गरेको छु । मैले अझ धेरै वर्ष खेल्ने मेरो आशा छ तर तपाईंलाई केही थाहा हुँदैन,’ उनले भने, ‘यो फुटबल हो । भोलि के हुँदैछ हामीलाई थाहा हुँदैन । जब म युवाहरुसँग कुरा गर्छु म उनीहरुलाई यो क्षणमा रमाइलो गर्नुस् भन्छु किनकि हामीलाई थाहा हुँदैछ के हुनेछ भनेर । मेरो आँखाले भविष्य धेरै राम्रो देखेको छ । त्यसैले म यसमा खुसी छु ।’

रोनाल्डोले आफ्नो करियर पोर्चुगिज क्लब स्पोर्टिङबाट सुरु गरेका थिए । जहा उनले सन् २००२ देखि २००३ सम्म ३१ खेल खेले । त्यसपछि उनी १८ वर्षको उमेरमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पुगे । युनाइटेडमा ६ वर्ष बिताउँदा उनले २९२ खेल खेले । त्यसपछि सन् २००९ मा उनी स्पानिस क्लब रियल मड्रिड पुगे । २०१८ सम्म रियलमा खेलेर उनी इटालियन क्लब युभेन्ट्स गएका थिए ।

सन् २०१६ मा रोनाल्डोले पोर्चुगलका लागि युरो कप जिते । रोनाल्डोले अब आफ्नो ड्रिम विश्वकप भएको बताएका छन् । सन् २०२२ मा कतारमा फिफा विश्वकप हुँदा रोनाल्डो ३७ वर्ष हुनेछन् । उनले विश्वकपमा पोर्चुगलको सम्भावना रहेको समेत बताएका छन् ।

उनी २०२० मा स्थगित भएको युरोपकपमा पनि विभिन्न कीर्तिमान नजिक छन् । तर उनको सम्भावित उपलब्धि हेर्न दर्शकहरु स्टेडियमा प्रवेश पाउँछन् पाउँदैनन् निश्चित छैन ।

‘मलाई दर्शकविना स्टेडियममा खेल्न मन पर्दैन । यो सर्कस जस्तै हुन्छ तर तपाईं जोकर देख्नुहुन्न,’ रोनाल्डोले भने, ‘यस महामारीले मानिसहरूलाई बौलाहा बनाएको छ । मलाई आशा छ कि चाँडै उनीहरूले स्टेडियमको ढोका खोल्न सक्नेछन् । हामीले यससँगै बाँच्नु पर्छ, हामीले सामान्य जीवनको लागि प्रयास गर्नुपर्दछ तर नि:सन्देह हामीले नियमहरूको सम्मान गर्नुपर्दछ । तर फ्यानहरु बिना खेल्नु, मलाई यो वास्तवमै मनपर्दैन

तपाईंको प्रतिक्रिया