नयाँ स्वरुपको कोरोना चीनमा पनि भेटियो

 पुष १७, २०७७

काठमाण्डाै ।

चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो । त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन् ।

तपाईंको प्रतिक्रिया