तिमी साहस बटुलेर उठ..

 पुष १८, २०७७

कविता

चारैतिर बन्धनले घेरेको बेला
अन्याय र अत्याचारले
बस्ती ढाकेको बेला
रोग भोग र अशिक्षा बिरुध्द
यो विकृति मास्न
तिमी एकजुट भएर उठ

थिचोमिचो
पिजडा भित्र
भावशून्य आवाज
लाटो भई
थुनिएर के बाँच्नु
यो बन्धनको घेरा तोड्न
तिमी साहस बटुलेर उठ

पिल्सीएर
वेखबर
शोषित भई
डर त्रासको धारमा हिडेर
बाँच्नेहरु पनि
अलिकति दह्रो मुटु लिएर हिँड
वर्तमान निषेध समय
ओराली लागेको मृग
इतिहासका काला पानाहरु
उस्तै र पनि
तिमी यो नग्नताबाट माथी उठ

सँघर्षरुपी जीवन सँघर्षकै लागी जीउनु
किन की
यहाँ आँधी चलेको बेला
जुन धमिलिएर
सूर्य कालो भएको छ
आकाश मलिन उदास छ
पहाड काँपेर
हिमाल पग्ली रहेछ
मैदान जलमग्न छ
जाहाँ धमिलो पानीमा
माछाहरु छट्रपटाई रहेछन
हो
त्यसैले….
मनुष्यको जिजीविषा जगाउन
समाज भलाईका लागी
आमाको मुक्तीका लागी
प्रजाको आजादका लागी
अनि शान्तिका खातिर
असल राष्ट्र बनाउन
राष्ट्रका शँकटहरु उखेल्न
तिमी आफ्नो ठाउँबाट उठ
अनि गाउँ गाउँबाट उठ
तिमी साहस बटुलेर उठ
तिमी साहस….२

          

“बिम्ब प्रतिबिम्ब”
-हिक्मत बुढाथोकी प्रेम”
तुल्सीपुर-११ दाङ
हाल:- प्रवासबाट

तपाईंको प्रतिक्रिया