युवालाई रोजगार दिदै सिर्जनसिल कृषि समुह

 पुष १८, २०७७


दिप्तीशिखा चौधरी, दंगिशरण ।
दंगीशरण गाउँपालिका वडा न. २ सिमलकुनामा रहेको सिर्जनसिल युवा कृषि समुहले बार्षिक ३ लाख ३३ हजार ८ सय १० रुपैया आम्दानी गरेको छ । समुहको आज सम्पन्न प्रथम बार्षीक साधारण सभामा कोषाध्यक्ष विमला विकले प्रश्तुत गरेको प्रगती प्रतिवेदन मा समुहले तरकारी खेतीबाट ३ भन्दा बढिको लाखको आम्दानी भएको जनाएको हो ।

समुहको प्रथम साधारण सभामा लुम्बीनी प्रदेशसभा सांसद धमकली चौधरीले सरकारले सुकुम्बासी तथा ५ कट्ठा सम्म जमीन भएकाहरुलाई अनुदान दिनुपर्छ भन्ने उद्धेश्यले पालीका स्तरीय अनुदान कार्यक्रम ल्याएको बताउँनुभयो । लिजमा जग्गा लिएर भएपनि कृषि क्षेत्रलाई फस्टाउँन तीर लाग्न जरुरी रहेको सांसद चौधरीले बताउँनुभयो ।

कार्यक्रममा राजाकोट सामुदायीक वनका अध्यक्ष एंव नेकपा युवा नेता एमएन शाहले कृषि पेशालाई कसरी आधुनीकिकरण गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए । सो अवसरमा महिला अधिकारकर्मी विष्णु गौतम, नेकपा गाउँपालिका कार्यालय सदस्य डम्बर खत्री, कृषि प्राविधिक लोकमणि चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहयोग गरेको भन्दै जग्गाधनी हुकुम जङ्ग शाह , समाजसेवि जितेन्द्र खड्का लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो । समुहका सदस्य बालकुमार खत्रीको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सचिव रेनुका विकले गरेकि थिईन ।

एक बर्षमा कृषि समूहको यो राम्रो आम्दानी भएको अध्यक्ष सी.एम. विश्वकर्माले जानकारी दिए । बजारको मुल्य भन्दा कम मुल्यमा तरकारी बिक्री वितरण गरेर पनि यतीको आम्दानी गर्न सफल भएको समुहका अध्यक्ष विश्वकर्माले बताए ।

सिर्जनसिल कृषि समुहले राष्ट्रिय युवापरिषद र दंगीशरण गाउँपालिका बाट युवाहरुलाई दिदै आएको एक वडा एक उद्मम कार्यक्रम अन्र्तगतको पाचँ लाखको सहयोगमा तरकारी खेती सुरु गरेको हो । कृषि समुहमा अहिले ११ जना सदस्यहरु रहेका छन् । समुहले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया