जुवाको खालबाट झण्डै साढे तीन लाख सहित १५ जना पक्राउ

 पुष १९, २०७७

तुलसीपुर ।
तुलसीपुरबाट झण्डै साढे तीन लाख सहित १५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष ३७ का ओमकार वली , बर्ष ४२ को ज्ञान बहादुर डागी, बर्ष ३७ को नर बहादुर डांगी, बर्ष ४६ को लिले बस्नेत, बर्ष २७ को डम्मर केसी, बर्ष ४१ को पुर्ण बहादुर डांगी, बर्ष ५२ को थल बहादुर बुढाथोकी,बर्ष ३७ को खुमान सिंह वली, बर्ष ३७ को राम रोशन बस्नेत, बर्ष ५० को लाल बहादुर गुरुङ्ग ,बर्ष ५० को कुसल शर्मा, बर्ष ४५ को नउले भण्डारी, बर्ष ४७ को चन्द्र प्रकाश अधिकारी, ।बर्ष ४७ को राम चन्द्र डांगीर रबर्ष ५० को प्रशुराम पुन रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी खुमान सिंह वलीको घरमा शनिवार अवैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र चार गड्डी तास सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया