कम्तीमा ५६ जनाको ज्यान गयो

 पुष १९, २०७७

काठमाण्डौ ।

 नाइजेरियामा संदिग्ध इस्लामिक आतंकवादीहरूको आक्रमणमा परेर कम्तीमा ५६ जनाको ज्यान गएको छ । नाइजरियाको पश्चिमी सिमाना नजिक पर्ने चाेम्ब्याङ्ग्यु गाउँमा भएको घटनामा ठूलो संख्यामा मानिस मारिएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेहरु माछा व्यापारमा संलग्नहरू रहेका छन् । आक्रमणमा अरु १७ जना घाइते भएका छन् ।

अफ्रिकाको सहेल क्षेत्रमा पछिल्लो समय धेरै हिंसात्मक घटनाहरू भएका छन् जुन आतंकवादी समूहहरूले गरेका थिए । फ्रान्समा हिजो दुई जना सैनिक मारिएका थिए । फ्रान्सले पश्चिमी अफ्रिकी क्षेत्रमा इस्लामी आतंकवादको विरूद्ध पश्चिमी अफ्रिकी र युरोपियन सहयोगीहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन । तर नाइजर र माली जस्ता देशहरू जातीय हिंसा, मानव र लागुऔषधको तस्करीबाट प्रभावित छन । 

तपाईंको प्रतिक्रिया