प्रदेश नं. १ ले चुम्यो ‘प्रधानमन्त्री महिला कप’

 पुष १९, २०७७

दाङ ।
दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो । उपाधिसँगै प्रदेश १ ले नगद पाँचलाख प्राप्त गर्दा उप–विजेता बनेको एपीएफले तीनलाख प्राप्त गरेको छ ।

तपाईंको प्रतिक्रिया